नियम
शव परीक्षण गर्न पठाउँदा लाग्ने खर्च

शव परीक्षणको लागि सरकारी चिकित्सक समक्ष शव पठाउँदा सम्बन्धित प्रहरी कर्मचारीले लासको शारीरिक अवस्था, घटनास्थलदेखि शव परीक्षण गरिने स्थानको दूरी आदिको विचार गरी लास बोक्न लाग्ने मनासिब माफिकको रकम निर्धारण गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम र शव परीक्षण बापत कुनै दस्तुर लाग्ने रहेछ भने सो रकम समेत त्यस्तो लास लिई जाने प्रहरी कर्मचारीलाई दिई पठाउनु पर्नेछ ।